सि.सं. २३४

मिति  २०७८/०४/०१ गते  यस सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा  सि.सं. २३४ (ज) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको प्रथम प्रवचन कार्यक्रम सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यतामा सम्पन्‍न भयो ।

उक्त प्रथम प्रवचन कार्यक्रममा तालिमको समुद्‍धाटन पश्चात तालिमका प्रशिक्षार्थीहरु एवं उपस्थित सकल दर्जालाई निर्देशन सम्‍बोधन गर्नु हुदै प्रमुख अतिथि स.प्र.ना.म.नि. कालीदास धौवजीले राष्ट्रको सेवा गर्ने पवित्र उदेश्यका साथ यस गरिमामय संगठन सशस्त्र प्रहरी बल, नेपालको सदस्यको रुपमा प्रवेश गर्ने सम्पुर्ण प्रशिक्षार्थीहरुलाई यस विपद् व्यवस्थापन तालिम शिक्षालयमा स्वागत गर्नुभयो । त्यसै गरी प्रशिक्षार्थीहरुलाई यस पवित्र संगठन प्रवेश गर्न हौसला प्रदान गर्ने परिवार प्रति पनि धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथीले स्थापना काल देखी छोटो अवधिमै यस संगठनले महत्वपुर्ण उपलब्धीहरु हाँसिल गरेको कुरा बताउनुभयो ।नेपाल सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नको लागि उच्च अनुशासन र तालिमको आवश्यकता पर्ने बताउदै राष्ट्ररसंगठनले लिएको लक्ष्य प्राप्त गर्न तथा कार्यक्षेत्रमा आईपर्ने विषम परिस्थितिको सामना गर्न तालिमले आत्मविश्‍वास एवम् सहनशिलता र धैर्यताको विकास गर्ने भएकोले कडा परिश्रम, सकारात्मक भावना, उच्चस्तरको अनुशासन र लगनशिलताका साथ प्रशिक्षकहरुले सिकाएका ज्ञान हाँसिल गर्दै सफलतापुर्वक तालिम सम्पन्न गर्नुभई संगठनलाई आवश्यक दक्ष एवं सक्षम सशस्त्र प्रहरी जवानको रुपमा आफू लाई स्थापि तगर्नुहुनेछ भनी तालिम सफलताको शुभ कामना समेत ब्यक्त गर्नु भएको थियो। उक्त तालिममा १०८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।

Updates

Related Links