सि.सं.२ विपद् व्यवस्थापन तालिम(सिनियर अफिसर) को प्रथम प्रबचन

   सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/०५/१४ गते देखी संचालन भएको सि.सं.२ विपद् व्यवस्थापन (सि.अ.) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौबजीको प्रमुख आतिथ्यमा सम्पन्‍न भएको ।

 सशस्त्र प्रहरी नायव उपरिक्षक ३ (तीन) जना र सशस्त्र प्रहरी निरिक्षक २६(छब्विस) गरी जम्मा २९ (उन्नन्तिस) जना अधिकृत प्रशिक्षार्थीहरु सहभागी सि.सं.२ विपद् व्यवस्थापन (सि.अ.) तालिमको प्रथम प्रवचन कार्यक्रम उद्घघाटन पश्चात प्रमुख अतिथी यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौबजीले तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षक तथा उपस्थित सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदै नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल¸नेपाललाई प्रदत्त कार्यादेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यदेश रहेको जनाउँदै विपद् व्यवस्थापन तालिम शिक्षालयले योग्य, दक्ष र व्यवसायिक  जनशक्ति उत्पादन गरी विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपत्तिहरुबाट भएको क्षति न्युनिकरण तथा उद्दार कार्यमा अग्रणी र उल्लेखनिय भूमिका निर्वाह गरेको बताउनु भयो । साथै तालिम प्राप्‍त जनशक्तिले व्यवसायीक ढंगले विपद्‍मा जनधनको खोजी तथा उद्धारमा परिचालन भई राहत पुर्र्याउने कार्यमा सफलता प्राप्त गर्ने र विपद् व्यवस्थापन तालिममा सिकाईएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले व्यक्तिगत¸ सामाजिक¸ सांगठनिक एवं समग्र राष्ट्रलाई नै प्रत्यक्ष रुपमा फाईदा पुगी जिवन बाच्ने बचाउने सिपमा दख्‍खल प्राप्त भई सुरक्षित र प्रभावकारी रुपमा विपद् प्रतिकार्यमा योगदान पुग्ने कुरामा जोड दिनुभयो।  Covid-19 ले विश्वनै आक्रान्त भईरहेको यस विषम परिस्थितिमा नेपाल पनि अछुतो नरहेको भन्दै तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीले सम्भावित विपत्तिबाट बच्न आवश्यक सम्पुर्ण सावधानीका उपायहरु अपनाउनु पर्ने बताउनु भयो ।  उद्धारकलाई उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु सम्वन्धमा ज्ञान हुन अति जरुरी हुन्छ भने सो ज्ञान हासिल गर्नको लागी तालिम अपरिहार्य विषय भएको हुँदा तालिममा सिकाईएका ज्ञान¸ सीप¸ कलालाई आत्मसात गरी अनुशासित र जिज्ञासु भई उच्च हौसला र मनोबलका साथ तालिम सफलता पूर्वक समापन गर्न र प्रभावकारी रुपमा प्रशिक्षण गर्न तालिममा खटिएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नु भएको ।


Updates

Related Links