सि.सं. २ गोताखोर तालिमको उद्‍घाटन

सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा मिति २०७९ बैशाख २५ गते राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सह-सचिव हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा  सि.सं. २ Deep Water Diving Training (गोताखोर) तालिमको विधिवत रुपमा समुद्धघाटन भएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय वीचको सहकार्यमा संचालन भएको ५ हप्ता अवधिको गोताखोर तालिममा २० (बीस) जना सशस्त्र प्रहरी जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन्।साथै तालिम अवधीभर प्रशिक्षार्थीहरुलाई कोशी नदि, फेवाताल, कुलेखानी लगायतका फरक फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण दिईने छ।उद्धघाटन कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि सह-सचिव हरि प्रसाद घिमिरेले सशस्त्र प्रहरी बल, नेपालले सिमित श्रोत साधनको बावजुत पनि अग्रणी भुमिकामा रही विपद् व्यवस्थापनको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुहुदैं हाल संचालन हुन गईरहेको गोताखोर तालिम विपद् प्रतिकार्यमा एक महत्वपुर्ण कोशेढुङ्गा सावित हुने बताउनुभयो।

 

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक का.मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलले नेपाल प्राकृतिक तथा गैर प्राकृतिक विपद्को दृष्टिले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै नदि तथा गहिरो जलाशयहरुमा डुबी भएका मानवीय घट्नाहरुमा उद्दार कार्यको लागि सामान्य जनशक्तिबाट सम्भव नहुने हुँदा संगठनलाई प्राप्त विपद् व्यवस्थापन जस्तो महत्वपूर्ण कार्यदेश कुशल ढंगले सम्पादन गर्नका लागि गोताखोर तालिम अपरिहार्य रहेको बताउनुभयो।उद्धार कार्य आफैंमा एक जटिल अनि कठिन कार्य रहेको बताउँदै सहभागी प्रशिक्षार्थीहरुलाई तालिमको दौरानमा अनुशासित, ईमान्दार र लगनशिल भई क्रियासिल रहन निर्देशन दिनुहुँदै तालिमबाट आर्जन गरेको ज्ञान, सीप, कला, कौशलबाट विपदमा परेका नागरीकलाई राहत दिने कार्यमा उपयोग हुने विश्वास व्यक्त गरी गोताखोर तालिम संचालनमा आवश्‍यक सहकार्य गरी महत्वपुर्ण भुमिका निर्वाह गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रति विशेष आभार प्रकट गर्नुभयो । समारोहमा उक्त तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक विरेन्द्र खनालले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

 

Updates

Related Links