सि.सं. २ Medical First Responder (MFR) तालिमको अन्तिम प्रवचन कार्यक्रम समापन

सशस्त्र प्रही बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/०७/१६ गते देखि संचालन भएको सि.सं. 2 Medical First Responder (MFR) को अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौवजीको प्रमुख आतिथ्यमा मिति २०७७/०८/१५ गते सम्पन्‍न भएको ।

 उक्त कार्यक्रमका प्रमुख अतिथि स.प्र.ब.उ. कालीदास धौवजीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गर्नु भई तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो । Medical First Responder(MFR) तालिमले विपद्को समयमा खटिंदा घाईते बिरामीको ज्यान बचाउन सक्षम जनशक्तिको उत्पादन भएकोले प्राथमिक उपचारकले महत्वपुर्ण भुमिका खेल्ने र विभिन्न घट्ना तथा दुर्घट्नाहरुमा घाईते विरामीहरुको सामान्य उपचारको अभावमा ज्यान जान सक्ने हुँदा आफ्नो सेवाप्रति कट्टिवद्ध र निष्ठावान भई तालिममा सिकेका ज्ञान, सीप, कला र कौशललाई ईमान्दारिताका साथ जनता र राष्ट्रको सेवामा समर्पित गर्नु पर्ने बताउँनुहुँदै विपद् जोखिम न्यूनिकरण कार्यमा संलग्न हुन समेत निर्देशन दिनुभयो । उक्त तालिममा स.प्र.ना.नि.-२, स.प्र.स.नि.-२ स.प्र.ह.-२, स.प्र.स.ह.-७, र स.प्र.ज.-१७ गरी जम्मा ३० जना सशस्त्र प्रहरी कर्मचारी सम्मिलित भई ख,क्ष-७, ख,त्र-९, ग,क्ष-२, ग,त्र-९, घ,त्र ग्रेडिङ्ग-३ जनाले प्राप्त गरी तालिम सफलतापुर्वक सम्पन गरेका छन ।


Updates

Related Links