सि.सं. 3 Collapsed Structure Search & Rescue (जु.अ.तथा अन्य दर्जा) तालिमको प्रथम प्रवचन कार्यक्रम

आज मिति २०७८/०८/२६ गते सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा  सि.सं. ३ Collapsed Structure Search & Rescue (जु.अ.तथा अन्य दर्जा) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो। तालिमको प्रथम प्रवचन कार्यक्रममा सकल दर्जालाई निर्देशन सम्बोधन गर्नु हुदै कार्यक्रमका प्रमुख अतिथि का.मु. स.प्र.ब.उ. अन्जनी कुमार पोखरेलज्यूले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले निर्वाह गरेको भूमिका अभिवृद्धि गर्न CSSR तालिम महत्वपूर्ण हुने बताउनु हुदै प्रशिक्षार्थीहरुलाई तालिममा दत्ततित्त भई सिकाईएका ज्ञान, सीपलाई आत्मासात गरी अनुशासित एवं जिज्ञासु भई सिक्न र प्रशिक्षकहरुलाई समेत कुशलतापूर्वक शिक्षण सिकाई गराउन निर्देशन दिदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो ।

Updates

Related Links