सशस्त्र प्रहरी अधिकृतहरुलाई विपद् व्यवस्थापन तालिम

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विपद् व्यवस्थापन तालिमको उद्घाटन गरेका छन् ।सशस्त्र प्रहरी बल, नेपालका सिनियर अधिकृतहरुको सहभागीता रहेको सि.सं. ३२ विपद् व्यवस्थापन तालिमको आइतबार उद्घाटन भएको हो । तालिम शिक्षालय कुरीनटार चितवनमा एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

महानिरीक्षक खनालले कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न सरकारी एवं गैरसरकारी निकायहरु संग उच्चस्तरको समन्वय गर्दै उत्कृष्ट कार्यसम्पादनको लागि कृयाशील रहेको बताए ।

उनले विपद् व्यवस्थापनको क्षेत्रमा पेशागत दक्ष जनशक्ति उत्पादनमा उत्कृष्ट योगदान पुु¥याएको शिक्षालयबाट उत्पादित दक्ष सशस्त्र प्रहरी कर्मचारीहरुले देशका विभिन्न स्थानमा भएका विपद्का घटनाहरुमा खोज तथा उद्वार कार्यमा निर्वाह गरेको अग्रणी भूमिका प्रशंसनीय रहेको कुरा समेत उल्लेख गरे ।

विगतको भूकम्पबाट भएको क्षति तथा उद्वार कार्यमा सशस्त्र प्रहरी कर्मचारीको सकृयता स्मरण गर्दै महानिरीक्षक खनालले विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गर्दै अगाडी बढेको सशस्त्र प्रहरी बल, नेपालले विपद्का बेला पु¥याएको योगदानले पीडित नागरीकको जीवनरक्षामा योगदान पुग्नुका साथै जनताको मन जित्न सफल भएको बताए ।

कहि कतै विपद् प्रकोप भएका सहयोगतको लागि सशस्त्र प्रहरी बल, नेपाललाई सम्झने विश्वासको वातावरण बनाउन संगठनका उद्वारकर्मीहरु सफल रहेको चर्चा गर्दै खनालले भने ‘यो संगठनको ठूलो उपलब्धी हो ।’

विपद् व्यवस्थापनका लागि अधिक ज्ञान तथा कला कौशलको आवश्यकता पर्ने बताउँदै उनले उद्वार कार्य अत्यन्तै संवेदनशील, जोखिमयुक्त तथा कठिन कार्य भएकोले उद्वारकर्तामा उच्चस्तरको शारीरिक तथा मानसिक दक्षता अपरिहार्य हुने कुरा समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउन यस्ता तालिम फलदायी रहने बताउँदै प्रशिक्षार्थीहरुले तालिमको दौरानमा बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रयास गर्दै कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्नुपर्ने बताए ।

तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधानले तालिम सम्बन्धि योजना प्रस्तुत गँर्दै तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई विपद् व्यवस्थापनका विविध पक्षहरुमा उच्चस्तरको प्रशिक्षण दिईने बताए ।

उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ६ जना तथा सशस्त्र प्रहरी निरीक्षक १८ जना गरी कुल २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सशस्त्र प्रहरी नायव उपरीषक अजय छतकुलीले जनाएका छन् ।


शुलभ खबर.कम

प्रकाशन मिति 

July 28, 2019



Updates

Related Links