सवारी दुर्घट्नामा परी गाडीमा च्यापिएका घाईते चालकको उद्धार

मिति २०७९।०१।२२ गते अन्दाजी ०१:४० बजेको समयमा जिल्ला चितवन ईच्छाकामना गा.पा.-३ चुम्लिङ्गटारमा भारतबाट फलफुल बोकेर काठमाण्डौं तर्फ जादैं गरेको UP 24 AT 8520 नम्वरको कन्टेनरको ब्रेकफेल भई सडक किनारको भित्तामा ठोकिई अगाडीको भाग पूर्णरुपमा दुर्घट्नाग्रस्त हुँदा उक्त कन्टेनरमा सवार ३ जना ब्यक्तिहरु मध्ये २ जना सकुसल रहेको र चालक मित्रराष्ट्र भारत उत्तर प्रदेश बदाईयो स्थायी वतन भएका बर्ष ४५ का हरिओम कश्यप नाम गरेको व्यक्ति चालक सिटमा च्यापिएकोले  सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट  आई.डि.नं. ३२१३ का स.प्र.ना.नि. विश्‍वराज कुँवर क्षेत्रीको कमाण्डमा १/६ जना (१ जना गोताखोर सहित)को उद्धार टोली मिति २०७९।०१।२२ गते ०२:३५ बजेको समयमा घट्नास्थालमा  खटिई गई गाडीको अगाडीको भाग काटेर घाईते अवस्थामा रहेका निज चालकलाई गाडीबाट निकाली ऐ. मितिको ०३:४५ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको ट्रमा सेन्टरमा ल्याई सामान्य उपचार पश्‍चात थप उपचारको लागी  जिल्ला अस्पताल भरतपुर तर्फ पठाईएको ।

Updates

Related Links