संविधान दिवशको उपलक्ष्यमा विविध कार्यक्रमहरुको आयोजना

संविधान दिवस २०७६” को उपलक्ष्यमा मिति २०७६/०६/०३ गते विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र ईच्छाकामना गाउँपालिकाको कार्यालय कुरीनटार¸ चितवनले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी कार्यक्रममा यस शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधान र गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङ्गज्यूको उपस्थिति रहेको कार्यक्रममा पंचेबाजा सहित प्रभातफेरी¸ र्र्याली आयोजना गरी ईच्छाकामना गाउँपालिका परिसरबाट शुरु गरी ईच्छाकामना मन्दिर¸ कुरिनटार बजार हुँदै DM चोक पुगी पुन: ईच्छाकामना गाउँपालिकामा आई संविधान दिवशको उपलक्ष्यमा शुभ-कामना आदान प्रदान गरी समापन भएको र उक्त कार्यक्रममा गाउँपालिकाका पदाधिकारीहरु¸ विभिन्‍न वडाका वडाध्यक्षहरु¸ कर्मचारीहरु¸ स्थानिय भद्रभलादमी¸ आमा समूह तथा स्थानिय वासिन्दा लगायत यस शिक्षालयमा कार्यरत स.प्र.क. हरु सहित अन्दाजि ४०० (चार सय) जनाको सहभागीता रहेको ।

सोही अवसरमा शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानको उपस्थितिमा यस शिक्षालयमा कार्यरत १७० (एक सय सत्तरी) जना स.प्र.क. हरु सहभागी भई ईच्छाकामना गाउँपालिका वडा नं. ४ मा रहेको ईच्छाकामना माईको मन्दिर¸ कुरिनटार बजार तथा पृथ्विराजमार्ग वरपरका स्थानहरुमा सरसफाई¸ शिक्षालयमा कार्यरत स.प्र.क. हरुलाई प्रतिस्पर्धात्मक रिले दौड¸ भलिबल¸ रस्साकसी प्रतियोगिता संचालन गरी उक्त प्रतियोगिताहरुमा बिजयी हुने खेलाडी स.प्र.क. हरुलाई पुरस्कृत गरीएको तथा संविधान दिवश 2076 को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना लेखिएको व्यानरमा यस शिक्षालयको नाम समेत लेखि ब्यानरको किनारामा  विद्युतिय बत्ती जडान गरी मुख्य प्रवेशद्धारमा टागीएको तथा कार्यालय परिसर र व्यारेकहरुमा दिपावली गर्नुका साथै यस शिक्षालय परिसरमा वृक्षारोपन समेत गरिएको ।





Updates

Related Links