संगठन प्रमुख स.प्र.म.नि. शैलेन्द्र खनालज्यूद्धारा सि.सं. १ विपद् व्यवस्थापन (सि.अ.) तालिमको समुद्‍घाटन

मिति २०७६/०४/१२ गते देखी यस सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा संचालन भएको सि.सं. ३२  विपद् व्यवस्थापन तालिम (सि.अ.) को संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यूद्धारा समुद्घाटन भयो।

     यस शिक्षालयमा संचालन भएको सि.सं.३२ विपद् व्यवस्थापन तालिम (सि.अ.) को प्रथम प्रवचन कार्यक्रम पश्चात सकल दर्जालाई अमूल्य निर्देशन सम्‍बोधन गर्नु हुदै प्रथम प्रवचन कार्यक्रमका प्रमुख अतिथी संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक श्रद्धेय श्रीमान् शैलेन्द्र खनालज्यू¸ले नेपाल सरकारद्धारा स.प्र.बल¸ नेपाललाई प्रदत्त कार्यादेशहरु मध्ये विपद् व्यवस्थापन एक महत्वपूर्ण कार्यादेशको रुपमा रहेको छ । प्राप्त जिम्मेवारीलाई त्रुटीरहित ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्नका लागी कुशल ब्यावसायिक मानवश्रोतको आवश्यकता पर्दछ । यसरी दक्ष जनशक्ति उत्पादन गरी देश र जनतालाई आवश्यक परेको बखतमा सुरक्षा तथा उद्धार कार्यमा अहोरात्र खटिने कार्यमा सशस्त्र प्रहरी बल¸ नेपाल सदैव अग्रपंतिमा रहेको छ । जस्को निरन्तरताको लागी हामि संगठनमा कार्यरत सम्पूर्ण सकल दर्जाले दत्त चित्त भई कार्यसम्पादन गर्न आवश्यक छ । विपद् अत्यन्तै संवेदनशील तथा विश्वमै गम्भीर चुनौतीको रुपमा रहेको छ । विभिन्न किसिमका प्राकृतिक तथा मानव सिर्जित विपदहरु जस्तै भूकम्प, बाढी, पहिरो, आगलागी, हिमपहिरो¸ आँधी¸महामारी  जस्ता प्राकृतिक विपद्हरुले बर्षेनी विश्वमा धेरै क्षति पुर्याईरहेको छ र नेपाल पनि अछुतो रहन सक्दैन । नेपालमा हरेक वर्ष आईपर्ने विभिन्न प्राकृतिक तथा मानव सृजित विपद्‍बाट धनजनको क्षति अत्याधिक भएको पाईन्छ । आपत्त विपद्को समयमा मानवीय सहायता प्रदान गर्नु तथा पिडीत व्यक्तिलाई उद्धार गर्नु हामी सवैको मानवीय धर्म हुन आउछ । पिडित व्यक्तिलाई उद्दार गर्ने क्रममा कतिपय उद्दारकहरु आफै दुर्घटनाको सिकार हुने गरेको पाइन्छ । उद्धारकलाई उद्धार सम्वन्धी ज्ञान¸ उद्धार रणनीति तथा सुरक्षात्मक उपायहरु वारे ज्ञान हुन अति जरुरी हुन्छ भने सो ज्ञान हासिल गर्नको लागी तालिम अपरिहार्य विषय हो ।

      नेपालमा विपद् व्यवस्थापनको कार्यमा  नेपाल सरकार गृह मन्त्रालय तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु लगायत सरोकारवाला निकायहरु क्रियाशिल छन् । विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत विभिन्न सरकारी एवं गैह्र सरकारी निकायहरुसंग उच्चस्तरको समन्वय गर्दै विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल¸ नेपाल क्रियाशिल रहेको छ । तसर्थ राज्यद्धारा प्रदत्त जिम्मेवारीलाई मूर्तरुप दिने अभिप्रायका साथ विपद् व्यवस्थापनको क्षेत्रमा नेपालमै पहिलो तालिम शिक्षालयका रुपमा स्थापित यस विपद् व्यवस्थापन तालिम शिक्षालयले विपद् उद्धारको क्षेत्रमा संगठनलाई आवश्यक पेशागत रुपमा दक्ष जनशक्ति उत्पादन तथा देशको विभिन्न स्थानमा समय समयमा हुने गरेका विपद्का घटनाहरुमा खोज तथा उद्धार कार्यमा अग्रणी भूमिका निर्वाहा गरी संगठनले लिएको विपद् सम्बन्धी कार्य नीति अनुरुप कार्यसम्पादन गर्दै आइरहेको छ भनि निर्देशन दिनु हुदै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभ कामना समेत ब्यक्त गर्नुभयो । मजकुर राष्ट्रिय सशस्त्र प्रहरी बल¸ प्रशिक्षण प्रतिष्ठानबाट पाल्नु भएका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्‍त महानिरीक्षक श्रीमान राम शरण पौडेलज्यूले धन्यवाद ज्ञापन गर्नुका साथै यस शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानले तालिम सम्वन्धी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

उक्त तालिममा स.प्र.ना.उ.- ६ (छ)  जना र स.प्र.नि. १८ (अठार) जना गरी जम्मा २४ जना प्रशिक्षार्थीहरु सहभागी भएका छन्





Updates

Related Links