राष्ट्रिय पुरस्कारद्वारा गोताखोर सम्मानित


अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले मिति २०७६/२/२९ गते जिल्ला चितवनको भरतपुर स्थित स्टार व्याङ्केटमा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यूको प्रमुख आतिथ्यता आयोजित सम्मान कार्यक्रममा स.प्र.बल नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासी दरबन्दी भई यस शिक्षालयमा कार्यरत आई.डि.नं.३९९४८ का सप्रसह ओम बहादुर सलामी (गोताखोर) लाई विपद तथा विभिन्न दुर्घटनाहरुमा परेकाहरुको उद्दारमा खटिएर गरेको जोखिमपूर्ण एवं उल्लेखनीय कार्यहरुको कदर गर्दै ‘अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६’ स्वरुप कदर पत्र सहित नगद रु.२५,५५५ (पच्चिस हजार पाँच सय पचपन्न) बाट सम्मान गरेको थियो।

मित्रराष्ट्र बंगलादेशमा Deep Water Diving Training प्राप्त गरेका सशस्त्र प्रहरी सहायक हवल्दार ओम बहादुर सलामी एक कुशल¸ योग्य र अनुशासित तथा उद्धार कार्यमा अब्वल छवी बनाउन सफल भएका गोताखोर हुन । उनले हाल सम्म Deep Diving गरी १७ जनाको शव पानीमुनीबाट निकाली सकेका र २१जना घाईतेलाई उद्धार गरी सकेका छन् ।

उनलाई यस तालिम शिक्षालयमा एक कार्यक्रमको आयोजना गरी शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानले दोसल्ला ओढाई सम्मान तथा बधाई समेत दिनु भएको थियो ।





Updates

Related Links