माननीय गृहमन्त्रीज्यूबाट Regional MFR and CSSR Course को समुद्घाटन


National Society for Earthquake Technology – Nepal (NSET) को आयोजना एवम् सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति  २०७६/०२/२९ गते ‘PEER Regional MFR and CSSR Course’ को समुदघाटन कार्यक्रम माननीय गृहमन्त्री राम बहादुर थापा “बादल” ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

 

समुदघाटन कार्यक्रममा निर्देशन सम्बोीधन गर्नु हुँदै प्रमुख अतिथी माननीय गृहमन्त्रीज्यूले प्रकोपको दृष्टिकोणले नेपाल एक अतिनै जोखिमयुक्त स्थानको रुपमा रहेको र Regional MFR र CSSR Course ले दक्षिण एशियाली राष्ट्रहरुमा विपद्हरुको समयमा समन्वय र सहकार्यमा महत्वपूर्ण भुमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो। विपद् व्यवस्थापन जस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बल नेपालले २०७२ सालको भुकम्प लगायत विभिन्न विपद्हरुमा उल्लेखनिय कार्य गर्दै आईरहेको बताउनुभयो ।उहाँले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो ।

संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यूले माननीय गृहमन्त्रीज्यूको गरिमामय उपस्थितीका लागि धन्यवाद व्यक्त गर्नुहुँदै MFR र CSSR Course ले प्रशिक्षार्थीहरुमा विपद्को समयमा प्रभावकारी रुपमा कार्यसम्पादन एवं कुशल प्रशिक्षकका रुपमा भुमिका निर्वाह गर्न सक्ने क्षमताको विकासमा टेवा पुर्याउनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नु भयो ।उहाँले सशस्त्र प्रहरी बल¸ नेपालले विपद व्यवस्थापनलाई उच्च प्राथमिकता दिई जनताको सेवा तथा सुरक्षामा अहोरात्र खटिएको बताउनुभयो ।

सोही समुदघाटन कार्यक्रममा Course को महत्व माथि प्रकाश पार्नुहुँदै NSET नेपालका कार्यकारी निर्देशक सुर्य नारायण श्रेष्ठले PEER Program ले ‘ पहिलो उपचार सहयोगी ’ तथा ‘भत्किएका संरचनामा खोजी तथा उद्दार’ सम्बन्धी बिशिष्ट ज्ञान प्रदान गर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै Regional MFR र CSSR Course को आयोजनाले प्रशिक्षार्थीहरुमा विपद् पूर्व तयारी¸ प्रतिकार्य र व्यवस्थापनमा उच्च ज्ञान हासील हुनेमा यो तालिम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयले तालिम संचालनका निम्ति उच्चतम वातावरण प्रदान गर्न उपलब्ध श्रोत साधनको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

 

 साथै समुदघाटन कार्यक्रममा गृह मन्त्रालय माननीय गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.ईन्द्रजीत राईज्यू¸ राजनितीक सल्लाहकार सुर्य प्रसाद सुवेदी¸ राष्ट्रीय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक स.प्र.अ.म.नि.रामशरण पौडेलज्यू¸ चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत¸ जुनियर प्रहरी अधिकृत तालिम शिक्षालयका प्र.ना.म.नि.महेन्द्र पोख्रेल¸ नं. ३ गढीमाई बाहिनी मु.मकवानपुरका बाहिनीपती स.प्र.ना.म.नि.गोबिन्द क्षेत्रीज्यू¸ लगायत चितवन जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु¸ ईच्छाकामना गाउँपालिका¸चितवनका प्रतिनिधी¸ NSET नेपालका पदाधिकारीहरु¸ US Embassy तथा USAID का प्रतिनिधीहरु उपस्थित हुनुभएको थियो ।

 

उक्त Course को उद्घाटनपूर्व माननीय गृहमन्त्रीज्यूले शिक्षालयबाट त्रिशुली नदिमा प्रदर्शन गरिएको Water Rescue Demonstration अवलोकन गर्नुभई डेमोमा सहभागी उद्दारक स.प्र.क.हरु लाई सम्बोधन गर्नुहुँदै सशस्त्र प्रहरी बलले विपद्को क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुका साथै यस्तो जोखिमपुर्ण कार्यमा खटिने कर्मचारीहरुलाई बिशेष सुविधा दिनेतर्फ गृहमन्त्रालय सधै सकारात्मक रहेको कुरा बताउनु भयो । उहाँले कार्यक्रम उदघाटन पश्चात शिक्षालय परिसरमा रहेको ट्रमा सेन्टर¸ DM Store को अवलोकन गर्नुका साथै शिक्षालयको कार्य प्रगति तथा सुरक्षा बस्तुस्थिति सम्बन्धमा यस शिक्षालयका समादेशकज्यूबाट ब्रिफिङ्ग लिनु भएको थियो। मिति २०७६/०२/२९ गतेदेखि २०७६/०३/२० गतेसम्म दुई चरणमा संचालन हुने Regional MFR र CSSR Course मा पाकिस्तान¸ बंगलादेश¸ भारत र नेपालबाट गरी १३ जना (बिदेशी ३¸ नेपाली १०) प्रशिक्षकहरु र भुटान ¸माल्दिभ्स ¸श्रीलंका¸ अफगानिस्तान र नेपालबाट गरी २४ जना (बिदेशी १८¸ नेपाली ६) प्रशिक्षार्थीहरु सहभागी छन ।

 





Updates

Related Links