मर्स्याङ्गदी नदी र दरौंदी नदी वीचको दोभानमा १ जनाको शव उद्धार

मिति २०७७/०५/१३ गते जिल्ला गोरखा, गो.न.पा.- १ र सहिद लखन गा.पा.- ३ स्थित मर्स्याङ्गदी नदी र दरौंदी नदी वीचको दोभानमा सडेको अवस्थामा टाउको नभएको वेवारिसे शव देखिएकोले उक्त शव निकाल्न भनी स.प्र.बल नेपाल नं. २९ गुल्म हे.क्वा. गोरखा बाट सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा जानकारी प्राप्त भए पश्चात यस शिक्षालयबाट ऐ. मितिको ११:४० बजे स.प्र.ना.नि. रामचन्द्र खड्काको कमाण्डमा (२ जना गोताखोर) सहितको ७ जनाको उद्धार टोली आवश्यक उद्धार सामाग्रीहरु सहित सो स्थानमा खटी गई शव निकाली उक्त शवलाई ऐ १३:२० बजेको समयमा प्रहरी चौकी मजुवा देउराली बाट खटि गएको नेपाल प्रहरीको टोलीलाई बुझाएको ।


Updates

Related Links