तीन दिने योग प्रशिक्षण शिविर सम्पन्न

चितवन¸ बैशाख १७

सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्‍यवस्थापन तालिम शिक्षालय कुरिनटारमा आयोजित तीन दिने योग प्रशिक्षण  विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूको आतिथ्यतामा १७ गते सम्पन्‍न भएको छ ।  

पतञ्जली योग पिठ नेपालको सहकार्यमा शिक्षालयमा कार्यरत सम्पूर्ण सप्रकहरुलाई योग प्रशिक्षण प्रदान गरिएको थियो । बैशाख १५ गते शुरु भएको योग प्रशिक्षणमा पतञ्जली योगपिठ नेपालका केन्द्रिय सदस्य¸ प्रदेश नं. ३ का अध्यक्ष योगगुरु गुरुवेन तौजलेद्वारा योग सम्बन्धी सैद्धान्तिक तथा शारीरिक व्यायम गराईएको थियो । उक्त कार्यक्रममा जीवन र जगत¸  आत्मिक र आध्यात्मिक चिन्तन¸ शारीरिक¸ मानसिक एवं चिकित्सकीय विधामा प्रवचनका साथै अभ्यास संचालन गरिएको थियो । योग प्रशिक्षणमा शिक्षालयका समादेशक¸सह-समादेशक लगायत सिनियर अधिकृत¸जुनियर अधिकृत¸ बिल्लादार जवान तथा तालिमरत प्रशिक्षार्थीहरुको समेत योग शिविरमा सहभागिता थियो ।  उक्त तीन दिने योग प्रशिक्षणमा सबै सप्रकहरु  उत्साहपूर्वक सहभागी भएको सह-समादेशक सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोख्रेलले बताउनु भयो ।  

यो प्रशिक्षणको समापन समारोहमा शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूले योगबाट सकारात्मक सोचको विकास हुनुका साथै आफ्नो परिवार¸ समाज¸ संगठन र राष्ट्र प्रति वफादार र लगनशील भई काम गर्ने उत्प्रेरणा प्राप्त हुने बताउनु भयो । उहाँले योगद्वारा राष्ट्र सेवक कर्मचारीहरुलाई थप हौसला  प्राप्त भएको उल्लेख गर्दै योग गुरु तौजलेलाई तीन दिनको योग प्रशिक्षण कार्यका लागि धन्यवाद समेत दिनु भयो ।   

   उक्त प्रशिक्षण शिविरको पहिलो दिन चितवन जिल्लाका पतञ्जली योग पीठका चार जना पदाधिकारीहरुको समेत  सहभागी थियो । समापन समारोहमा बोल्नु हुदै योगगुरु तौजले विपद् व्यवस्थापनमा सप्रकहरुले उल्लेख्य मानवीय कार्य गरेको र शिक्षालयका सप्रकहरुलाई योग सम्बन्धी प्रशिक्षण दिन पाउँदा आफुलाई गर्व लागेको बताउनु भयो ।






Updates

Related Links