ट्रमा सेन्टर संचालनमा प्रतिबद्धता

मिति २०७५/१२/२४ गते प्रतिनिधी सभाका माननीय सांसद कृष्णभक्त पोखरेल¸ चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतज्यू¸  जिल्ला समन्वय समिति चिनवनका सभापती कृष्णकुमार डल्लाकोटी¸ ईच्छाकामना गाँउपालिकाका प्रमुख गीता गुरुङ्ग लगायतका अतिथीहरुले अवलोकन भ्रमण गर्नु भएको ।उक्त भ्रमण टोलीलाई शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूले शिक्षालयको परिचय¸ स्थापनाकालदेखि गरेको उपलब्धी तथा भावी योजना सम्बन्धी बिफ्रिङ्ग गर्नु भएको ।उक्त ब्रिफिङ्ग कार्यक्रममा माननीय सासंद कृष्णभक्त पोखरेलज्यूले सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनको क्षेत्रमा पुर्‍याएको योगदानको सरहाना गर्दै विपद् व्यवस्थापन तालिम शिक्षालयले समुदायमा विपद् सम्बन्धी जनचेतना अभिवृद्धीमा निर्वाह गरेको भुमिका प्रशंसनीय रहेको बताउनु भएको।

भ्रमण टोलीले यस सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको परिसरमा निर्मित २५ शैयाको ट्रमा सेन्टरकोसमेत स्थलगत भ्रमण गरेको । सांसद कृष्णभक्त पोखरेलज्यूले उक्त ट्रमा सेन्टर संचालनमा आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको । ईच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङ्गले नारायणगढ¸ मुग्लिन देखि नौविसेसम्मको सडकखण्ड अतिनै जोखमपूर्ण भएकोले दुर्घटना भई घाईतेहरुलाई प्राथमिक उपचारकालागि पनि नारायणगढ वा काठमाडौंनै पुर्‍याउनु पर्ने अवस्था देखिएकोले उपचारमा ढिलाईले समस्या हुँदा ट्रमा सेन्टर तत्काल सञ्चालनमा ल्याउनको लागि आवश्यक सह-कार्य गर्न तयार रहेको कुरा व्यक्त गर्नु भएको ।  






Updates

Related Links