आपत्‍कालिन एम्बुलेन्स सेवा शुभारम्भ

भाद्र ८¸ २०७६

कुरिनटार¸ चितवन

सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल एम्बुलेन्स सर्भिसको सह-कार्यमा आधुनिक उपकरण सहितको एम्बुलेन्स सेवा शुरुवात भएको छ । चितवन र धादिङ्ग जिल्लामा आकस्मिक सेवा तथा उद्धार प्रयोजनको लागि उक्त एम्बुलेन्स परिचालन गरिने छ ।

विपद् व्यवस्थापन तालिम शिक्षालयको परिसरमा रहेको ट्रमा सेन्टरमा स्ट्याण्डवाई रहने गरी आवश्यक उपकरण तथा आकस्मिक उपचार टोलीसहितको एम्बुलेन्स २४ सै घण्टा रहने छ । उक्त एम्बुलेन्स सेवाको ईच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ्ग¸  नेपाल एम्बुलेन्स सर्भिसका महासचिव पूर्व प्रहरी नायव महानिरीक्षक शारदाभक्त रंजित र विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानले सयुक्त रुपमा शुभारम्भ गर्नु भएको हो । 

नेपाल एम्बुलेन्स सर्भिसका महासचिव शारदाभक्त रंजितज्यूले आपतकालिन अवस्थामा आवश्यक पर्ने एम्बुलेन्स सेवा तथा दक्ष मेडिकल टिमको आवश्यकता माथी प्रकाश पार्दै यस सेवाले आपतकालिन अवस्थामा हुने उद्धारमा सहजता आउने कुरामा विश्वास व्यक्त गर्नु भयो। यसैगरी ईच्छाकामना गाउपालिकाका अध्यक्ष गिता कुमारी गुरुङ्गज्यूले उपलब्ध एम्बुलेन्स सेवाले घाईतेको जिवन रक्षाको लागि उपलब्धिमुलक हुने कुरामा विश्वास व्यक्त गर्नु हुदै यसको संरक्षण र सेवा विस्तार कार्यमा सबै पक्ष बिच समन्वय भई कार्य गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

सोही अवसरमा समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानज्यूले कुनै पनि दुर्घटना तथा विपद्को अवस्थामा पिडितको सुरक्षा¸¸ उद्धार र आपतकालिन उपचार कार्यलाई प्रभावकारी भई   घाईतेको जिवन रक्षाको लागि घटना स्थलदेखि अस्पताल नपुगुन्जेलसम्म उपचारमा एम्बुलेन्स सेवाले महत्वपूर्ण योगदान पुर्‍याउने विचार व्यक्त गर्नु भयो । उहाँले  नेपाल एम्बुलेन्स सर्भिस र स्थानिय निकायहरुसंग समन्वय भई प्रभावकारी कार्य सम्पादन हुने विश्वास व्यक्त गर्दै उपस्थित हुनु भएका अतिथीहरुमा धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल एम्बुलेन्स सर्भिसका प्रमुख अधिकृत अमित जोशीज्यू¸, चितवन रेडक्रसका अध्यक्ष¸ ईच्छाकामना गाउँपालिकाका कार्यकारी अधिकृत, प्रधानाध्यापकहरु¸ स्थानिय भद्रभलाद्‍मी¸ ब्यवसायीहरु, पत्रकारहरु, आमा समुह तथा टोल सुधार समिति लगायतका पदाधिकारीहरु र शिक्षालयमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, बिल्लादार तथा जवानहरु उपस्थिति रहेको थियो ।





Updates

Related Links