PEER Regional MFR and CSSR Course’ Closing Ceremony

 National Society for Earthquake Technology – Nepal (NSET) को आयोजना एवम् सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति  २०७६/०२/२९ गते देखि संचालन भएको ‘PEER Regional MFR and CSSR Course’ को समापन मजकुर गृह मन्त्रालयका सचिव श्रीमान प्रेम कुमार राईज्यूको प्रमुख आतिथ्यमा Hotel Radisson Kathmandu मा मिति २०७६/०३/२१ गते सम्पन्‍न भएको थियो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक श्रीमान् शैलेन्द्र खनालज्यू¸ राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश प्रसाद अधिकारीज्यू¸ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सीज्यू.¸ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलज्यू¸ नेपाली सेनाका ले.कर्णेल सोनिक गुरुङ्ग¸ National Society for Earthquake Technology – Nepal (NSET) का कार्यकारी प्रमुख सुर्यनारायण  श्रेष्ठ¸ USAID¸  Nepal Redcross , American Redcross, का प्रतिनिधीहरु लगायत पत्रकार वर्गहरुको समेत उपस्थिती रहेको थियो ।

समापन  कार्यक्रममा NSET नेपालका कार्यकारी  निर्देशक सुर्य नारायण श्रेष्ठले PEER Program ले ‘ पहिलो उपचार सहयोगी ’ तथा ‘भत्किएका संरचनामा खोजी तथा उद्दार’ सम्बन्धी बिशिष्ट ज्ञान प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यूले तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरी निर्देशन सम्बोधनको क्रममा तालीममा सिकेका शैद्धान्तिक तथा व्यवहारीक ज्ञानलाई मानविय उद्धार कार्यमा प्रयोग गरी विपद्‍मा परेका व्यक्तिहरुको सहज रुपमा खोज तथा उद्धार कार्य गर्न क्षमताको विकासमा सहयोग पुर्‍याउनेमा विश्‍वस्त रहेको धारणा व्यक्त गर्नु भयो ।

 उक्त कार्यक्रममा श्रीमान गृह सचिव प्रेम कुमार राईज्यूले तालीमका प्रशिक्षकहरुलाई प्रशंसा पत्र प्रदान गर्दै तालीम सम्पन्‍न गरेका सम्पूर्ण प्रशिक्षार्थीहरु तथा तालीम सम्पन्‍न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण प्रशिक्षक वर्गहरु धन्यवाद व्यक्त गर्दै  MFR र CSSR Course ले प्रशिक्षार्थीहरुमा विपद्को समयमा प्रभावकारी रुपमा कार्यसम्पादन एवं कुशल प्रशिक्षकका रुपमा भुमिका निर्वाह गर्न सक्ने क्षमताको विकासमा टेवा पुर्याउनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नु हुदै तालीम संचालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सशस्त्र प्रहरी बल¸ नेपाल तथा विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारलाई समेत हार्दिक धन्यवाद व्यक्त गर्नुभएको ।






Updates

Related Links