त्रिशुली नदीमा जिवितै उद्धार
मिति २०७६/०५/०८ गते जिल्ला चितवन ईच्छाकामना
गाउँपालिका-३ फिस्लिङ्गबाट Adventure River Trail कम्पनीले ४ जना भारतिय नागरिकलाई त्रिशुली नदीमा Rafting गराउने क्रममा चुम्लिङ्टार स्थित Butterfly Wave मा Raft
पल्टिदा उक्त Raft मा सवार ४ जना भारतिय नागरिकलाई
त्रिशुली नदीले बगाउदा २ जनालाई घटनास्थल नजिकै सोही Raft का
संचालकद्धारा उद्धार गरेको र बगिरहेका अन्य २ जना भारत ईलाहाबाद बस्ने वर्ष २८ की
सोनम केजरीवाल र ऐ. वस्ने वर्ष ३५ को अस्मिन केजरीवाललाई यस शिक्षालयबाट सप्रनानि
बिरेन्द्र बहादुर बमको कमाण्डमा खटि गएको ७ जनाको उद्धार टोलीले घटनास्थलबाट
अन्दाजी ४ कि.मि. तल जिल्ला गोरखा सहिद लखन गाउँपालिका-५ स्थित च्याखुरी भित्ता
नजिक त्रिशुली नदीमा बगिरहेको अवस्थामा सकुशल उद्धार गरी Adventure River Trail कम्पनीमा बुझाएको